काठमाडौ, २९ कात्तिक । जनयुनिटी को–अपरेटिभ पार्टीका मोरङ र सुनसरीका प्रत्यक्ष एवं समानुपातिक उमेद्वारहरुले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आन्दोलनलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका छन् ।
मोरङ नं. ८ का प्रत्यक्षर्फका उमेद्वार दुर्गाप्रसाद पोख्रेल, समानुपातिक तर्फका उमेद्वार राजेश खनाल, गजेन्द्र थापा, दिव्यश्वरा गैरापिप्ली, सावित्रा गैरापिप्ली र मदन गैरापिप्लीले उमेदवारी फिर्ता गरेको जनाएका हुन् त्यसैगरी सुनसरी क्षेत्र नं. ५ र ६ का प्रत्यक्ष उमेदवार धीरेन्द्र पुरीले पनि उमेदवारी फिर्ता लिएको जनाउनु भएको छ । जनयुनिटी कोअपरेटिभ पार्टीले ७४ जनालाई समानुपातिक उम्मेद्वार बनाएको छ । पार्टीका केन्द्रीय सदस्य दामोदार शर्माको अध्यक्षमा बसेको मोरङ जिल्ला पार्टी बैठकले नेकपा–माओवादीले नेतृत्व गरेको ३३ दलको मोर्चाको आन्दोलनको नैतिक समर्थन गरेको जनाइएको छ ।

No comments:
Post a Comment