कार दुर्घटनामा मोदी क्याबिनेटका एक मन्त्रीको मृत्यु


कार दुर्घटनामा मोदी क्याबिनेटका एक मन्त्रीको मृत्यु
काठमाडौं , २० जेठ

प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटका ग्रामीण विकास मन्त्री गोपनाथ मुण्डे आज विहान ६ बजे र ३०  मिनेटमा सडक दुर्घटनामा घाइते भएका थिए।  मुण्डेको एम्‍स ट्रोमा सेन्टरमा उपचार को क्रममा उनको मृत्‍यु भएको छ। बिहान आठ बजे डक्‍टरको टिमले उनलाई मृत घोषित गरेका छन्। 
उनी सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता समेत हुन् । भारतीय संचारमाध्यमहरूका अनुसार आज बिहान ६ बजे उनी आफ्नो गाडीमा दिल्लीस्थित निवासबाट मुम्बुई जान बिमानस्थलतिर गइरहेका थिए । सोहीक्रममा पछाडीबाट आएको सबारी साधनले उनी सवार गाडीलाई ठक्कर दिएको थियो । मुन्डे कारको पछिल्लो सिटमा बसेका थिए ।
दुर्घटनालगत्तै उनका सवारीचालकले अस्पताल पुराएका थिए । अस्पताल पुग्दा उनको श्वासप्रश्वास रोकिइसकेको चिकित्सकले बताए । उनको शरीरमा बाहिरी चोट नभएकाले दुर्घटना परेपछि हृदयघात भएको हुन सक्ने बताइएको छ ।


No comments:

Post a Comment