नेतृत्व चयन सहमतिबाटै : ओली

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्व चयन सहमतिबाटै हुने दाबी गरेका छन् । एक महिना लामो स्वास्थ्य उपचारका लागि बैंकक गएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा ओलीले  महाधिवेशनसम्म पुग्दा नेतृत्वका विषयमा सहमति भएर छाड्ने बिश्वास ब्यक्त गरेका हुन्। 

महाधिवेशनका लागि बहस हुनु स्वभाविक भएको ओलीको भनाइ छ । उनले आफू निको भएर आएको बताउँदै काम गर्न सक्ने बताएका थिए । उनले आफ्नो उपचारका सहयोग गर्ने सरकारप्रति धन्यबाद दिए । मेनेन्जाइटिस भएपछि ओलीलाई एयर एम्बुलेन्सबाट गत बैशाख १७ गते बैंकक लगिएको थियो ।

No comments:

Post a Comment