टानमा लगाएको ताला तत्काल नखुल्ने

२५ जेठ, काठमाडौं । 

ट्रेड युनियनहरु र ट्रेकिङ्ग व्यावशायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्टस एसोसिसन अफ नेपाल (टान) बीचमा पर्यटन मजदुरको समस्याका वारेमा भएका सहमति कार्यान्वयन नगरेसम्म टान लगाएको ताला नखोल्ने पर्यटन मजदूरहरुले बताएका छन् । आइतवार मजदूरहरुको तर्फबाट
अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघले एक विज्ञाप्ती जारी गर्दै उनीहरुले आफ्ना मागप्रति टानले चासो नदेखिएको भन्दै तेस्रो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन । संघका अध्यक्ष रामबहादु बस्नेतद्वारा जारी विज्ञाप्तीमा ‘२०६६ मा टान र मन्त्रालयबीच भएको ३३ प्रतिशत रकम मजदुरको पक्षमा कोष स्थापना गर्ने भनिएको त्क्ष्ःक् को ठूलो रकम सम्झौता अनुसार परिचालन नगरी हालसम्म अपारदर्शी र मनपरी ढंगले खर्च गरिएको छ’ भनिएको छ ।

टानमा भएको टीम्स कोषको अनियमितता र बेलायतको दातृ निकाय डीएफआईडीबाट प्राप्त तीन करोड रुपैंया बर्तमान टानका पदाधिकारीहरुले आफ्नो मनोमानीमा आधिकारीक सरकारी निकायको समेत अनुमति बिना आफ्नो क्षेत्रमा खर्च गरेको भन्दै छानविनको विज्ञाप्तीमार्फत माग गरिएको छ । हालसालै सगरमाथा हिम पहिरोमा परी मृत्यु तथा बेपत्ता भएकाहरुको घरपरिवारलाई आर्थिक र भौतिक सहयोगको लागि पनि आग्रह गरिएको छ ।

तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु
– असार ३ गते विभागीय मन्त्री समक्ष ज्ञापन पत्र बुझाउने र छलफल गर्ने,
– असार ५ गतेपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन,
– असार १० देखि सिजनअघिसम्म सम्पूर्ण पर्यटन मजदुरहरुमाझ आन्दोलन बारे ब्यापक प्रचार गर्ने र टानमा भएको अनियमिताको भण्डाफोर गर्ने,
– असार १५ देखि आउने सिजनसम्म टानका पदाधिकारीद्वारा संचालित ट्रेकिङ कम्पनीहरुलाई कालो सूचीमा राख्ने र सोबारेमा सम्पूर्ण बिदेशी नियोगहरुमा जानकारी पठाउने,
– असार २० टानका सहयोगी दातृ निकायहरुलाई मजदुरको समस्याहरुबारे जानकारी गराउने,
– मजदुरका मागहरु समाधान नभएमा आउने अक्टोबर सिजनको शुरुबाटै सबैनाकाहरुमा ट्रेकिङ्ग गु्रपहरु अबरोध गर्ने ।
 


No comments:

Post a Comment