सरकारले गोलमेचलाई गम्भीरतापूर्वक लिएन : वैद्य

संवाद डबली
२३ जेठ, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकार सर्वपक्षिय राजनीतिक सम्मेलनप्रति गम्भीर नभएको बताएका छन् । ‘हामीले राजनीतिक निकासको लागि प्रधानमन्त्रीसँग भेटेर सर्वपक्षिय राजनीतिक सम्मेलनबाट निकास खोजौं भनेका थियौं, हुन्छ भन्नुभएको थियो
तर त्यसलाई गम्भीरतापूर्वक लिएको देखिएन’ वैद्यले भने ।  नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा स्व. भक्तबहादुर श्रेष्ठका संकलित रतनाहरुको शुक्रबार संवाद डबलीमा सार्वजनिकीकरण गर्दै अध्यक्ष वैद्यले, सच्चा माओवादीलाई बेवास्ता गर्दै बनेको संविधानसभाले जनताको पक्षमा संविधान नलेख्ने दाबी गरे । सर्वपक्षिय राजनीतिक सम्मेलनमा सबै सबेर नयाँ निकास खोजौँंँ भन्दापनि नसुनिएकाले आफूहरुले नयाँ आन्दोलनको तयारी गरिरहेको वैद्यले बताए ।
भक्तबहादुर स्मृति प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा स्व. भक्तबहादुरका संकलित रचना भाग १ र २ को सार्वजनिक गर्दै वैद्यले भक्तबहादुर श्रेष्ठ र आफू सँगै रहेर कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई बचाएको बताए । उनले चौथो महाधिवेशन हुँदै एकाओवादीसम्मका दुई लाइन संघर्षमा आफूहरु एक भएर अबसरवाद र दक्षिणपन्थी सुधारवादका विरुद्ध लगेको बताए । अध्यक्ष वैद्यले प्रचण्ड–बावुरामको विचनको विरुद्धमा संघर्ष सल्लाह गरेर नै दुई लाइन संघर्ष गरेको बताएँ । ‘सार्वजनिक गरिएका रचनाहरुले भक्तबहादुरको राजनीतिक गरिमा र वजलाई बढाएको छ, यी चनाहरु नेपाली क्रान्तिलाई अगाडी बढाउने सहयोगी हुनेछन्’ वैद्यले भने ।
भक्तबहादुर स्मृति प्रतिस्ठानका अध्यक्ष तथा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भक्तबहादुरले जति नेपालको कम्युनस्टि आन्दोलनमा खेलेको भूमिका स्थापित भइनसकेको बताए । ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धारमा अगाडी बढाउन उहाँको ठूलो भूमिका छ, जहिलेपनि भक्तबहादुर क्रान्तिकारी धारमै उभिनुभयो’ गजुरेलले भने । कार्यक्रममा प्रा. डा. रमेश शर्मा, डा. ऋषिराज बराल र प्रा.डा. नन्दीश अधिकारीले संकलित रचनहरुले नयाँ जनवादी क्रान्तिलाई पूरा गर्न मार्गदर्शनको काम गर्ने बताएका थिए ।


No comments:

Post a Comment