जेठ १५, इलाम । नेकपा–माओवादीका सचिव देव गुरुङले चुनाव मिति घोषणा भए लगत्तै युद्वको घोषणा हुने बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघ इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार बोल्दै नेता गुरुङले खिलराज
रेग्मीको सरकारले आज गर्ने भनिएको चुनावको मिति घोषणा युद्धको घोषणामा परिणत हुने बताएका हुन्।
कार्यक्रममा नेता गुरुङले हाम्रो सहमती नलिई चुनावको मिति घोषणा गरिए देशका गृहयुद्ध शुरु हुने समेत चेतावनी दिएका थिए।
‘चुनावको मिति घोषणासँगै सारमा राष्ट्रिय मुक्ति युद्ध र रुपमा गृहयुद्ध सुरु हुने निश्चित छ,’ गुरुङले गोलमेच सम्मेलन गरेर मात्रै सबैको सहमतिमा चुनाव घोषणा हुनुपर्ने अडान दोहोर्याउदै उनले उनीहरुले घोषणा गरेको चुनाव सेना परिचालन गरेर सम्भव होला तर सेना परिचालनले चुनाव गर्नु युद्ध निम्त्याउनुबाहेक केही होइन भनेका छन्।
आफूहरुसँग गत चैतको २५ वुँदे राष्ट्रघाती कदमपछि एमाओवादीसँग कुनै वार्ता र छलफल नभएको बताउँदै एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा–माओवादीसँग चुनावमा एकता हुन्छ भनेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए। उनले एमाओवादी आफूहरुको सबैभन्दा विपरित भएकाले उनीहरुसँगको सहकार्य असम्भव रहेको ठोकुवा गरे।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर सानो संख्याको संविधानसभाको पक्षमा नेकपा –माओवादी रहेको भनदैउनले पुरानो संविधानसभाले सहमति गरेका कुरालाई यथास्थितिमा राखेर अगाडि बढे सहमती हुनसक्ने बताए।

No comments:
Post a Comment