१५ जेठ, काठमाडौं । विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वले अबको निकास सबै दल सम्मिलित राष्ट्रिय सहमति गरेमात्र देशले निकास पाउने भएकाले राष्ट्रिय राजनीतिक सहमतिको निर्माण गर्नुपर्ने धारणा राखेका छन् । नेपाल वौद्धिक मंचले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान राजीतिक अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त धारणा राखेका हुन ।
प्रा. डा. सुरेन्द्र केसीले अहिलेको निर्दलिय सरकार भन्दा बढि दलका नेता बढि निर्दलिय भएको बताउनुभयो । उहाँले खिलराजको राजीनामा माग्नुभनेको मंसिरमा चुनाव नगर्नु हो भन्नुभयो । ३३ दललाई बाहिर राखेर अगाडि गर्ने सहमतिले निकास नदिने र देश अर्को दुर्घटनामा पार्ने दाबी गर्नुभयो । रबि भवनमा भारतीय कांग्रेस पार्टीको झण्डा फराइरहेको भन्दै केसीले भारत रबि भवनसम्म आइपुगेको दाबी गर्नुभयो । ‘चार दलका नेताहरुको मनपरिले गर्दा नै देश यो ठाउँमा पुगको हो, सबै दलको सहमतिमा नयाँ सहमति गर्नुपर्छ’ केसीले भन्नुभयो ।
बौद्धिक मंचका अध्यक्ष तथा बुद्धिजीवी डा.केबी रोकायाले सबै दललाई सहमतिमा नलिएर चार दलले जंगली प्रकारले देशलाई चलाउने प्रयास गरेको दाबी गर्नुभयो । संविधानसभाको विघटनसँगै दलको हैसियत सकिएकाले चार दललाई यो अधिकार नभएको बताउदै अहिले विधिको साशन नभएकाले राजनीतिक ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो । सबै पक्ष सम्मिलित राजीतिक गोलमेच सम्मेलन गरेर अगाडि बढ्नु नै राजनीतिक हुने धारणा राख्नुभयो । रोकायाले खिलराज रेग्मीले प्रधानन्याधिसबाट होइन, मन्त्रिपरिषद्का अध्यक्षबाट राजीनामा दिएर सर्वोच्चमा जानुपर्ने बताउनुभयो । उहाँले देश भूटानीकरणबाट अगाडि बढेर सिक्मिकरणको विन्दुमा पुग्न लागेकाले देश बचाउन नयाँ शक्तिको उदय हुनुपर्ने बताउनुभयो ।
अर्का राजनीतिशास्त्री तथा प्रा.डा. गोपाल सिवाकोटीले अहिले उल्टो हिडाइ र हेराई भएको बताउनुभयो । सिवाकोटीले देशको राष्ट्रियता सबैभन्दा बलियो भएको धारणा राख्नुभयो । उहाँले देश फिजीकरण पनि नभएको दाबी गर्नुभयो । अहिलेको अवस्था बुलेट अगाडी नआएकाले ब्यालेटको हो भन्दै सबैले चुनावमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले ३३ दलीय गठबन्धनमा सहभागी दलहरु नेकपा–माओवादीका हतियार भएको आरोप लगाउनुभयो । त्यस्तै अर्का प्रा.डा. बाबुराम सिंह थापाले देशमा राष्ट्रियता खतरा निकै बढेको बताउनुभयो । नेताहरुको मानिसक दरिद्रताका कारण देश र जनताले धोका पाएको बताउनुभयो । कुनै अमुख नेताका कारण नभएर सबै राजनीतिक पार्टीहरु एक ठाउँमा बसेर राष्ट्रिय सहमति नै अहिलेको राजनीतिक भएको बताउनुभयो । चार राजनीतिक पार्टीका नेताले मात्र सहमति गर्दैमा देशले निकास नपाउने थापाले दाबी गर्नुभयो ।

No comments:
Post a Comment