सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ को मृत्यु
१५ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोताङवाट काठमाण्डौ आउँदै गरेको बा २ ख ३६४५ नम्बरको बस बुधवार विहान थाङपालधापको फयाफुल्लाडाँडामा दुर्घटना भएको छ । प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको भने २५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा थाङपालधाप–३ का रणवहादुर पाण्डे, मित्र सापकोटा, गीतादेवी बस्नेत र शर्मिला पण्डितको मात्रै सनाखत भएको छ । बसको करिव ५५ यात्रु रहेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी यात्रु सवार रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बस सडकवाट झण्डै एक सय मिटर तल खसेको थियो । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।
No comments:
Post a Comment