भवानी ऐर
५ जेठ, डडेल्धुरा । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा परेको भन्दै त्यसको रक्षको लागि जनक्रान्तिमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । शनिवारदेखि बैतडीको पाटनमा सुरु भएको पार्टीको सेती–महाकाली
राज्य समितिको प्रशिक्षण कार्यक्रममा सो निर्देशन दिनुभएको हो ।
चार दलको सिन्डीकेटका कारण मुलुक गम्भीर मोडमा फसेकोले त्यसलाई तोड्न आफ्नो गठवन्धन बलियो र विस्तार हुँदै गएको र चाँडै चार दल घुडा टेक्न बाध्य हुने समेत उहाँले दावी गर्नुभएको छ । वर्तमान रेग्मी नेतृत्वको सरकार रिमोट कन्ट्रोलबाट संचालित भएको आरोप लगाउँदै वैद्यले निर्दलीय सरकारले गरेका हरेक गतिविधिहरुमा वाह्य शक्ति हावी हुदै गएको बताउँनुभयो ।
तीन दिनसम्म चल्ने राजनैतिक प्रशिक्षण कार्यक्रममा सेती–महाकाली राज्य समितिका पाँच सयबढी अगुवा कार्यक्रर्ता सहभागी रहेको केन्द्रीय सदस्य तथा राज्य समिति सेक्रेटरी शरदसिंहले जानकारी दिनुभयो ।
No comments:
Post a Comment