राजनीतिक समितिमा जादैनौ : यादव


१४ जेठ, वीरगञ्ज । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उच्चस्तरीय राजनीतिक समितिको औचित्य समाप्त भइसकेकोले आफ्नो पार्टी समितिमा नजाने बताउनु भएको छ । पर्साको वीरगन्जमा आज आयोजित पत्रकार सम्मलेनमा यादवले सबै
राजनीतिक दलहरुको सहभागीतामा उच्चस्तरिय राजनीतिक समिति गठन गरिएको खण्डमा मात्र आफुहरु वार्तामा बस्ने स्पष्ट पार्नुभयो ।

यथास्थितिमा आगामी मंसिरमा पनि निर्वाचन हुने सम्भावना नरहेको भन्दै यादवले मंसिरमा संविधानसभाको चुनाव भईहाले पनि त्यसले बनाउने संविधानसभा फेरि सत्ताकै हानथापमा अल्झिने र मुलुकले संविधान नपाउने ठोकुवा गर्नु भयो ।

मुलुकमा अहिले निर्वाचनको आधार भएको उल्लेख गर्दै उहाँले नागरिकता वितरण, मतदाता परिचय पत्र, निर्वाचन सम्बन्धी नयाँ कानुन तयार नभई चुनाव भए मुलुकमा अझ जटिलता थपिने बताउनुभो ।
चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी एउटा कर्मचारी भएकोले सर्वोच्च अदालतको प्रधान न्यायधिशको पदबाट राजीनामा दिएर निर्वाचनको वातावरण बनाउन आग्रह समेत गर्नुभयो ।

No comments:

Post a Comment