भाकपा माओवादी बोल्यो





१४ जेठ, रायपुर । भारतीय माओवादीका प्रवक्ताले छत्तिसगढको सुकमा जिल्लामा गरेको आक्रमणको तीन दिनपछि आक्रमण जिम्मा लिदै अक्रमणको औचित्यबारे स्पष्ट पारेका छन् । माओवादीविरुद्ध गठन गरिएको सलवा जुडुमले गरेका अत्याचारको प्रतिकार स्वरुप त्यस संगठनका
नेताहरुलाई आक्रमणको निशाना बनाइएको प्रवक्ताले बताएका छन् ।

माओवादीलाई दमनको नीति लागु गर्ने काममा काङ्ग्रेस र भारतीय जनता पार्टीका नेताहरु जिम्मेवार रहेको भाकपा (माओवादी)को भनाई छ । भाकपा (माओवादी) दण्डकारण्य विशेष क्षेत्रीय समितिका प्रवक्ता गुड्सा उसेन्डीले राज्यका गृहमन्त्री रहिसकेका छत्तिसगढ काङ्ग्रेस कमिटीका अध्यक्ष नन्दकुमार पटेल जनताविरुद्ध दमन गर्न सबैभन्दा अगाडि रहेकाले पटेलमाथि आक्रमण गरिएको स्पष्ट पारेका छन् ।

पटेलको कार्यकालमा नै बस्तरमा पहिलो पटक अर्ध सैनिक बलको तैनाथी भएको भन्दै उसेन्डीले केन्द्रीय मन्त्रीमण्डलमा रहेका गृह विभाग समेत विभिन्न महत्वपूर्ण मन्त्रालय सम्हालेका वीसी शुक्ल पनि जनताका दुस्मन भएको उल्लेख गरेका छन् ।

गत साता छत्तिसगढमा काङ्ग्रेसको परिवर्तन यात्रामा माओवादीहरुले आक्रमण गरेका थिए, जसमा छत्तिसगढका काङ्ग्रेस अध्यक्ष नन्दकुमार र वरिष्ठ नेता महेन्द्र कर्मासहित २४ जनाको ज्यान गएको थियो । आक्रमणको जिम्मेवारी लिदै माओवादीका प्रवक्ताले आदिवासी नेता भनिने महेन्द्र कर्माको सम्वन्ध एक सामन्ती माझी परिवारसँग रहेको खुलासा समेत गरेका छन् ।




No comments:

Post a Comment