क्रान्ति जारी छ : वैद्य


१३ जेठ, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले जनयुद्धको एउटा धारा नवसंसोधनवादी धारामा गएर पतन भएपनि आफूहरुले क्रान्तिलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ । सहिद कृष्ण
सेन ‘इच्छुक’ सांस्कृतिक सप्ताहको समापन तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले त्यस्तो प्रतिवद्धता जनाउनु भएको हो । उहॉले २००७ साल यताका हरेक जसो आन्दोलनहरु अन्तिममा गएर सम्झौतामा टुंगिने गरेको भएपनि आफुहरुले जारी राखेको संर्घषको धारालाई सम्झौतावादमा नफसाउने बताउनुभयो ।

अध्यक्ष ‘किरण’ ले निरन्तर रुपमा क्रान्तिलाई जारी राख्नु नै इच्छुक लगायतका हजारौ सहिदहरुप्रतिको सच्चा श्रद्धान्जली हुने बताउनु भयो । उहााले सांस्कृतिक र पत्रकारिताको इतिहासमा इच्छुकले देखाउनु भएको त्याग, तपस्या र वलिदान नेपालमा मात्र नभएर बिश्वको प्रगतिवादी आन्दोलनमा समेत उल्लेखनीय रहेको बताउनु भयो ।

उहाँले माओवादी दुई पार्टीमा विभाजित रहे पनि सांस्कृतिककर्मीहरु क्रान्तिलाई निरन्तरता दिन एकरुपतामै रहेको बताउनुभयो ।
वैधले संविधानसभाको विघटन पछि दोस्रो संविधानसभाको चुनावको माहोल बनेको भनिएपनि चार दल जनताको पक्षमा संविधान बन्न नदिन लागिपरेकोले वास्तविक अर्थमा संविधानसभाबाट संबिधान बन्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा २५ हजार राशीको कृष्ण सेन ‘इच्छुक’ साहित्य पुरस्कार साहित्यकार दिल साहनीलाई, कृष्ण सेन ‘इच्छुक’ कला पुरस्कार सांस्कृतिककर्मी इन्द्रबहादुर विक ‘किशोर’ लाई तथा १० हजार पुरस्कार राशीको कृष्ण सेन ‘इच्छुक’ प्रतिभा पुरस्कार कवयत्री निभा शाहलाई प्रदान गरिएको थियो ।

त्यसैगरी, वैशाखमा सम्पन्न भएको कवि गोष्ठीका प्रथम हुने गौरी दाहाललाई १० हजार, दितीय हुने अर्जुन ढकाललाई ७ हजार र तृतीय हुने राजु स्याङतानलाई ५ हजार नगदसहितको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा कवि पूर्ण विरामलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा इच्छुकको विषयमा सर्वनाम थियटरमा प्रदर्शन भएको ‘उनी मरेका छैनन्’ नाटकका विभिन्न भूमिका निर्वाह गर्नु भएका सांस्कृतिकर्मी र कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच, क्रान्तिकारी पत्रकार महासंघले महिमा साप्ताहिकका प्रधानसम्पादक तारा न्यौपानेलाई मरणोपरान्त कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ । थानकोट निवासी न्यौपानेकी जीवन संगीनी निर्मला न्यौपाने लाई १० हजार नगद सहित उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो ।

No comments:

Post a Comment