अपरकर्णाली भारतलाई दिनुहुन्न : केसी


६ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अपरकर्णाली परियोजना कुनै पनि हालतमा भारतलाई दिन नहुने भन्दै यदि नेपाली जनतालाई ठगेर दिएमा त्यसको विरुद्ध संघर्ष गर्ने बताउनुभयो । अध्यक्ष केसीले
आफूलाई राष्ट्रियताको लागि लडेको भन्ने वामपन्थीहरु नै राष्ट्रघातको पहिलो मोर्चाका भएको बताउनुभयो । जनमोर्चाले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘अपरकर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै केसीले उक्त कुरा बताउनुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा केसीले भारतीय साशक वर्गलाई खुशी पार्न उसका नेपाली दलालहरुले प्राकृतिक साधन स्रोतहरु बुझाउने श्रृंखलाको कडि रुपमा अपरकर्णालीलाई सुम्पन लागेको दाबी गर्नुभयो । उहाँले अपरकर्णाली परियोजना भारत होइन नेपाली जनताको हितमा बनाउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा–माओवादीको सचिव देव गुरुङले सिंगो कर्णाली नदीलाई भारतलाई सुम्पने षड्यन्त्रका साथ अपरकर्णाली परियोजना जिएमआरलाई निर्माण अनुमति दिन लागेको बताउनुभयो । सचिव गुरुङले तल्लो तटियो र माथिल्लो टलिय अधिकारका नाममा भारत पूरै कर्णाली नदी कब्जा गर्न लागेको दाबी गर्नुभयो । उक्त परियोजना संसारकै सस्तो भएकाले नेपालले आफै निर्माण गर्न सक्ने भन्दै नेता गुरुङले अहिलकै अवस्थामा भारतलाई दिइएमा आफ्नो पार्टीले हुनै नदिने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सदस्य रविन्द्र जेठारा, रत्नसंसार श्रेष्ठ, गोपाल सिवाकोटी ‘चिन्तन’ लगायतका बक्ताहरुले भारतलाई विजुलीभन्दा पनि पानी चाहिइएकाले कर्णाली नदी कब्जा अपरकर्णाली परियोजनामा हात हालेको बताए । उनीहरुले परियोजना निर्यतमूखी भएकाले नेपाललाई कुनैपनि फाइदा नहुने दाबी गरेका थिए ।

No comments:

Post a Comment