मुस्लिम अगुवाको हत्याको विरोधमा राजमार्ग बन्द

८ जेठ, काठमाण्डौं । मुस्लिम अगुवा तथा पूर्व सभासद सदरुल मिया हकका हत्यारालाई कार्वँहीको माग गर्दै सप्तरीका जनताले मंगलबारदेखि गरेको राजमार्ग बन्द आज (बुधवार) सम्म जारी छ । लामो तथा छोटो दुरीका यात्रामा रहेका यात्रुहरु
समस्यामा परेका छन् ।
मुस्लिम समुदाय तथा सप्तरीका जनताले हकको हत्याको छानविन गर्न माग गर्दै सप्तरीको कल्याण्ँपुर सडकखण्ड बन्द गरेका छन् । बन्दले पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्व जाने सवारीका साधान रातिदेखि नै बाटोमै रोकिएका छन् । बन्दका कारण्ँ चारसय भन्दा बढी सवारीका साधान सप्तरीमा रोकिएका छन् भने हजार भन्दा बढी यात्रु छन् ।
यता हकको शवलाई भने पोÈट मार्टमका लागि विपि कोइराला स्वास्थ्य प्रतिÈठान धरान लगिएको छ । प्रहरीले अुनसन्धान जारी रहेको बताए पनि हत्यको आशंकामा कसैलाई पनि पक्राउ गरेको छैन् ।

No comments:

Post a Comment