प्रचण्डलाई थाप्पड हान्ने पदम अब चुप नलाग्ने

१६ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई थप्पड हानेर एकाएक चर्चामा आएका पदम कुँवरले शुक्रबार पत्रकार सम्मेलन गर्दै छन् । चर्को दबाबपछि पदमलाई छोडेपनि आफूलाई प्रचण्डले दुख दिने काम जारी राखेको, सार्वजनिक रुपमा मुद्धा फिर्ता लिएको भनेपनि आफूलाई प्रशासनले दुख दिइरहेको कुँवरले बताएका छन् ।

आफूलाई अंगभंग हुनेगरी आक्रमण हुँदापनि आफूले घटनालाई सामान्य बनाउने उद्देश्यले चुप लागेपनि प्रचण्ड पख्लास् र हेलास्को नीतिमा रहेको भन्दै आफूलाई दुख दिइरहेको भन्दै घटनाबारे विस्तृत जानकारी दिन शुक्रबार संवाद डबलीमा १२ बजे पत्रकार आयोजना गरेका छन् ।
आफूलाई अझै दुःख दिन नछोडेपछि आफूपनि चुप लागेर नबस्ने कुँवर पत्रकार निमन्त्रणापत्रमा उल्लेख गरेका छन् ।
 

No comments:

Post a Comment