प्रचण्ड थप्पड प्रकरण अझै सकिएन

अझै मुद्धा खेपीरहेको छु : पदम 

१७ जेठ, काठमाडौं । एकीकृत नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड थप्पड हानेर चर्चामा आएका पदम कुँवरले उक्त घटनालाई आफूले सामान्य बनाउन खोजेपनि अझै मुद्धा खेपिरहेको बताउनुभएको छ ।
शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर प्रचण्डले सार्वजनिक रुपमा माफि दिएको भन्ने कुरा नाटक भएको भन्दै आफूले लगातार तारिक बोकिरहेको बताउँनुभयो ।

नेपाली जनतालाई सुन्दर सपना देखाएर जनयुद्धमा लगाइयो तर अहिले उनीहरुलाई सडकमा छोडेर प्रचण्ड छाटे राजा बन्दै महलमा गएकाले त्यसो नगर्न आफूले सुझाब स्वरुप प्रचण्डलाई हानेको दाबी गर्दै पदमले भन्नुभयो, ‘जनयुद्धका शहीद, घाइते, वेपत्तामाथि घात भयो त्यसो नगर्नुस् मात्र भनेको हु ।’ प्रचण्डले सार्वजनिक रुपमा मुद्धा फिर्ता लिइसकेको भन्दै नाटक मात्र गरेको बताउँदै आफूलाई १५ दिनको फरकमा जिल्ला प्रशासन काठमाडौंमा तारिक बोकिरहेको पदमले बताउँनुभयो । पत्रकार सम्मेलनमा कुँवरले जनयुद्धका नेतृत्वकर्ताहरु वर्गको राजीति छोडेर छोटे राजा बन्दै अर्बपति बन्ने योजनामा लागेको, भोकविलासीता, नातावाद, कृपावाद, स्त्रीमोहमा रम्दै शहिद, घाइते, अपांग र वेपत्ता परिवारको वेवास्ताको फलस्वरुप प्रचण्डलाई आफूले हानेको दाबी गर्नुभयो ।

अफूले घटनालाई टुङ्ग्याएर सामान्य जीवन बिताउन चाहेपनि त्यो बातावरण नभएको नभएको पदमले सो क्रममा बताउनुभयो । आफूलाई प्रचण्डले दुख दिनै चाहेको हो भने आफू पनि तयार रहेको समेत बताउनुभयो । आफूसँग अझै तातो र रातो रगत बाँकी रहेको नजिस्काउन चेतावनी चेतानवी दिदै कुँवरले भन्नुभयो,‘मलाई कायर नसम्झीनुस्, प्रचण्ड कमरेड मैले जनयुद्धमा धेरै कुरा गुमाइसकेको छु तर तपाईको धेरै कुरा बाँकी छ ।’

No comments:

Post a Comment