स्ववियु चुनाव स्थगित

१६ जेठ, काठमाण्डौ । स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको मिति घोषणासँगै विद्यार्थी संगठनहरुबीच फर्जि विद्यार्थी भर्ना विवादले अगाडि आयो । सोही विवादमा कुरा नमिलेपछि त्रिभुवन विश्वविद्यालयले आगामी जेठ २३ गतेको लागि घोषणा गरिएको स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव
स्थगित गर्ने निर्णय गरेको छ ।

फर्जि विद्यार्थी भर्ना गरेको भन्दै अधिकांश क्याम्पसहरुमा तालाबन्दी गरेका विद्यार्थी संगठनका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच बिहीबार भएको छलफलमा सहमति नभएपछि जेठ २३ गतेमा स्ववियु निर्वाचन नहुने पक्का भएको छ ।

चुनावी कार्यक्रम अनुसार बिहीबार उम्मेदवार मनोनयन दर्ता तालिका थियो । विद्यार्थी संगठनहरुबीच सहमति नभएपछि चुनाव स्थगित गर्नुपरेको त्रिवि पदाधिकारीले बताएका छन् । त्रिविले आयोजना गरेको विहीबारको छलफलमा एमाओवादी समर्थित अखिल क्रान्तिकारी, नेकपा–माओवादी समर्थित अखिल क्रान्तिकारी, नेबिसंघ अनेरास्ववियु्का प्रतिनिधि छलफलमा सहभागी थियो ।

एमाओवादी समर्थित अखिल क्रान्तिकारी र एमाले समर्थित अनेरास्ववियुले रातारात फर्जि विद्यार्थी भर्ना गरेको आरोप अन्य विद्यार्थी संगठनहरुले केही दिनदेख काठमाडौं लगायत देशभरका अधिकांश क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।

No comments:

Post a Comment