आफैले जन्माएको जिउदै बच्चा ट्वाइलेटमा फालिदिएपछि (फोटोफिचर)

 



एजेन्सी।  मानिसहरु पनि कस्ता छन् कस्ता । चीनको झजियाङ प्रान्तस्थित जिनहुवाको एक आवासीय घरको ट्वाइलेटमा एक महिलाले आफैले भर्खर जन्माएको
बच्चालाई फालिदिएकी छिन् । नवजात शिशुलाई ट्वाइलेटको पाइप भित्रबाट जिवितै उद्धार गरिएको छ । कसले नवजात शिशुलाई जन्माएर ट्वाइलेटमा फ्याकेको भन्ने पत्ता लागेको छैन ।
ट्वाइलेटमा चिच्चाइरहेको नवजात शिशुलाई जिउदै गद्धार गरेको चिनिया“ संचारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्मीका अनुसार ट्वाइलेटको कमोटमा ङ्खया“केर ङ्खलस गरेपछि बच्चा दिशापिसाब जस्तै गरी पाइपमा छिर्यो । पाइपको प्वालभन्दा ठूलो भएकाले पाइपको जोर्नीमा अड्कियो र पानी सबै तल झरेकाले उसले सास फर्ेन सक्यो र बाच्न सफल भयो । 

गत शनिवार यो घटना भएको हो समाचारमा जनाइएको छ । घरका  बासिन्दाले ट्वाइलेट मुनि बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरे । त्यसपछि उद्धारकर्मी आए । कमोटभन्दा केही तल बच्चा थियो । ४ इन्च गोलाइको पाइपमा अड्किरहेको थियो र रोइरहेको थियो, उद्दारकर्मीले बताए । उनीहरुले निकै होसियारीकासाथ पाइपलाई जडानबाट फुकालेर नजिकैको अस्पतालमा पूराए । अस्पतालमा पाइप चिरेर त्यसभित्र रहेको बच्चा निकालियो ।

त्यो बच्चाको अनुहार, आखा तथा सरीरभरी फोहोरले ढाकिएको थियो । बच्चाको अवस्था स्थीर रहेको र त्यो बच्चालाई पाएर फाल्ने आमाको खोजी भैरहेको बताइएको छ । उक्त बच्चाको नाम बेबी नम्बर ५९ राखिएको छ । 

No comments:

Post a Comment