अस्पताल चलाउदै आएको संस्था विरुद्ध अख्तियारमा उजुरी


भवानी ऐर
७ जेठ, डडेल्धुरा । विगत पाँच वर्षदेखि डडेल्धुरास्थित टीम अस्पताल संञ्चालन गर्दै आएको गैरसरकारी संस्था एचडिसिएस विरुद्ध अख्तिायारमा उजुरी परेको छ । संस्थाको अहिलेसम्मको कारोबारको छानबिन गरि आवश्यक कार्वाहीको माग गर्दै जिल्लामा क्रियाशील राजनीतिक दल,
नागरीक समाज, पत्रकार, लगायत स्थानीयबासीले सयुक्त रुपमा हस्ताक्षर गरी सोमवार अख्तियारमा उजुरी दिएको हो ।
एचडिसिएस नामक सस्थाले बिगत ५ बर्षको अवधिमा नेपाल सरकारसंग सम्झौता गरे अनुरुप कुनै कार्य नगरेको र सम्झौता बिपरित निजी कलेजको प्रयोगशाला बनाएको, औषधिमा दश प्रतिशत छुट दिने ठाउँमा १० प्रतिशत थप लिएको, बार्षिक आम्दानीको २० प्रतिशत समुदायलाई अनुदान दिने भनेको रकममा अपारदर्शीता नदेखाई अनियमितता गरेको, अस्पतालमा नयाँ भवन बनाउने भन्दै दुई पल्ट भत्काएर करौडौं अनियमितता गरेको, औषधि तथा उपकरणर खरिद लगाएत बिदेशबाट अनुदानमा पाएको रकम पारदर्शी नगरी कराडौं अनियमितता गरेको भन्दै संस्थाको अहिलेसम्मको कारोबार छानबिन गरी आवश्यक कार्वाहीकको माग गर्दै डडेल्धुराबासीले अख्तियारमा उजुरी दिएका हुन् ।
यस्तै अस्पतालमा रहेका औषधि तथा उपकरणहरु चोरी भएको सामग्री फिर्ता गरी उपक्षेत्रीय अस्पताल लाई छिटो भन्दा छिटो सञ्चालनार्थ आवश्यक कामकार्वाहीको माग गर्दै नागरिक दबाब समूह डडेल्धुराले नेपाल सरकार गृह मन्त्रालय , नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र समाज कल्याण परिषदमा निबेदन समेत दिइएको छ ।
काठमाण्डौ जिल्ला प्रशासनमा दर्ता भएको मानब बिकास तथा सामुदायिक सेवा एचडिसिएस नामक गैर सरकारी सस्थाले डडेल्धुरामा रहेको टिम अस्पताललाई बिस २०६४ चैत्र १० गतेदेखि सञ्चालन गर्दै आएको थियो । संस्थाले स्वास्थ्यसेवा दिने अबधि बैशाख मसान्तमा समाप्त भएको छ ।

No comments:

Post a Comment