बन्दले तराईको जनजीवन कष्टकर

२३ जेठ, काठमाडौं । कमलरीहरुले तीनदिनदेखि गरेको तराई बन्दको कारण तराईको जनजीवन कष्ट हुादै गएको छ । आफूहरुको मागका सुनुवाई गर्नुको सट्टा सरकार शान्तिपूर्ण आन्दोलनमा दमनमा उत्रिएको भन्दै कमलरीहरुले मंगलवारदेखि तराईको २२ जिल्ला अनिश्चितकालिन बन्दको आह्वान गरेका हुन् । बन्दले पश्चिम तराईको जिल्लाहरु
बढी प्रभावित भएका छन् । पश्चिम तराईको दाङ्, बाााके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु लगायतका जिल्ला ठप्प हुादा पूर्व पश्चिम राजमार्गमा रोकिएका यातायातका साधन रातको समयमा प्रहरीले स्कटिङ् गरी पार गराउाने गरेको छ ।
कमलरी सृर्जना चौधरीको रहस्यमय मृत्युको छानबिन र दोषीमाथि कारवाही, बेपत्ता पारिएका कमलरीको उद्धार र पुनस्थापनाको माग गर्दै संघर्ष समितिले तराई बन्द गर्नुका साथै राजधानीमा धर्ना र विरोध प्रदर्शनहरु गर्दै आएका छन् ।
सरकार र कमलरी प्रथा उन्मूलन संघर्ष समितिबीच मंगलवार र बुधवार दुई दिन भएको लगातारको वार्तामा सहमति नजुटेपछि स्थगित भएको थियो ।
सृजना चौधरी र मेघी चौधरीका हत्यारालाई सार्वजनिक नगर्दासम्म वार्ता अघि नबढ्ने संघर्ष समितिले अडान लिएका छन् । किटानी जाहेरी दिएको अवस्थामा पनि सरकार गम्भीर नभएको संघर्ष समितिको भनाई छ ।
मंगलवार र बुधवार महिला बालबालिका तथा समाज कल्याण मन्त्री ऋद्धिबाबा प्रधानसाग वार्ता निष्कर्षमा नपुगेपछि समितिले अब मन्त्रिपरिषदका अध्यक्ष वा गृहमन्त्रीसाग मात्रै वार्तामा बस्ने जनाएको छ 

No comments:

Post a Comment