सुरक्षा निकाय ध्वस्त हुन मात्र बाँकी छ : गुरुङ

२० जेठ, पोखरा । नेकपा – माओवादीका सचिव देव गुरुङले अब सुरक्षा निकायमात्र ध्वस्त हुन बाँकी रहेको बताउनु भएको छ । कार्यपालिका र न्यायपालिकालाई सिध्याईसकेकोले अव
सुरक्षा निकायलाई मात्र सिध्याउन बाँकी रहेको गुरुङले दाबि गर्नु भएको हो ।

पोखरामा संयुतm जनआन्दोलन परिचालन समिति कास्किले आज आयोजना गरेको प्रतिगमन र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा गुरुङले यस्तो बताउनु भएको हो ।
प्रतिगमन र निर्वाचन विषयक कार्यपत्र प्रस्तुत गर्नु हुँदै गुरुङले बाह्यशतिmको डिजाइनमा देश चलिरहेकोले वर्तमान सरकार ले कुनै काम गर्न नसकेको र अव सुरक्षा निकायले शासन सन्चालन गर्ने घोषणाँ गरे पनि कसैले अचम्म मान्नु पर्ने अवश्था नरहेकोे बताउनु भयो । चार दलको कुनै अडान नभएकोले देशमा बैदेशिक हस्तक्षेप बढिरेको गुरुङको भनाइ रहेको छ ।

No comments:

Post a Comment