२० जेठ, काठमाडौं । माथिल्लो त्रिशुली जलविद्युत ३ ‘ए’ आयोजनाको क्षमता बढाउने नेपाल विद्युुत प्राधिकरण सञ्चालक समितिको निर्णयको विरोधमा उत्रिएका प्राधिकारण कर्मचारीले आज पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् । आयोजनाको क्षमताबृद्धिको विरोधमा
उत्रिएका प्राधिकरणका कार्यकारी प्रमुख र सञ्चालक समितिका सदस्यहरुलाई कार्यालय प्रवेशमा आज पनि रोक लगाएका छन् ।
प्राधिकरण कर्मचारीहरुले दिउसो १ वजे सम्म कार्यलयमा धर्ना दिएका छन् भने दिनभरी प्राधिकरणका प्रमुख एवं सञ्चालक समितिका सदस्यहरुलाई कार्यालय प्रवेशमा रोक लगाईने जनाएका छन् ।
गत जेठ १७ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लगभग ४० प्रतिशत काम सकिएको ६० मेगावट आयोजना Ôमतालाई बढाएर ९० मेगावट पु¥याउने निर्णय गरेको थियो ।
आयोजनाको ४० प्रतिशत काम सकिएको अवस्थामा सञ्चालक समितिले झण्डै ४ अर्ब भार थपिने गरी निर्णय गरेको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।
No comments:
Post a Comment