लोकमानको निवासमा बम विष्फोट

काठमाडौं, मंसिर १  निकै विवादका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख बन्न सफल लोकमान सिंह कार्कीको निबासमा बम विस्फोट भएको छ । काठमाडौं बानेश्वर हाइटस्थित कार्कीको निवास अगाडि बम विष्फोट भएको छ । बम राखिएको ठाउँमा पर्चा राखेर उनले विभिन्न समयमा गरेका कतुर्तलाई
विभिन्न आरोप लगाइएको छ । विष्फोटमा कुनै भौतिक र मानवीय क्षति भएन । उनी भ्रष्टाचारी भएको र अयोग्य ठहर सरकारी महत्वपूर्ण निकायबाट गरेपनि विभिन्न राजनीतिक खिचातानीको फाइदा उठाउदै विवादकै बीचमा अख्तियारमा पुगेका हुन । 

No comments:

Post a Comment