एमाओवादी अछाममा विद्रोह

चुनाव लड्न प्रचण्डलाई अछाममा आउन चुनौती 

असोज १४, अछाम । संविधानसभा निर्वाचनको उम्मेदवारीमा विवाद भएकापछि एमाओवादी एक जना केन्द्रीय सदस्य सहित अछाम संयोजक करिब एक सय जना नेता तथा कार्यकर्ताले विद्रोह सहित राजीनामा गरेका छन् । असन्तुष्ट नेता अक्कल रावलका

बैद्यजीलाई नल्याई चुनाव हुँदैन : शेखर कोइराला

काठमाडौं, असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई सहमतिमा नल्याई चुनाव हुन गाह्रो पर्ने बताउनुभएको सहमतिका लागि खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने मंसिर को चुनाव सारेर भए पनि सहमति गर्नुपर्ने डा. कोइरालाको आग्रह
सहमतिका लागि मंसिर को चुनाव सार्दा आकाश नखस्ने कोइरालाले बताउनुभयो त्यसैगरी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने भन्दै रेग्मीले देशलाई बन्धक बनाइरहेको कांग्रेस नेता कोइरालाको आरोप

छानी छानी ठिक पार्छौ : बहिर्गमित जनमुक्ति सेना

काठमाडौं, ३१ भदौ / बहिर्गमित जनमुक्ति सेना नेपालले नेताहरुले अहिले भनिरहेको संविधानसभाको चुनाव नाटक मात्र भएकोले आफुहरुले सो चुनाव सक्रिय रुपमा बहिस्कार गर्ने बताएका छन् । उनीहरुले आफुहरुलाई अयोग्य भन्न लगाउनेहरु संविधान बनाउने कार्यमा अयोग्य भएको दावी गर्दै भने, ‘हाम्रो जिन्दगीमाथि खेलवाड गर्ने अयोग्य नेताहरुहरुलाई छानी छानी ठिक पार्छौ ।’
उनीहरुले यस्तो दावी संवाद डवलीमा पत्रकार सम्मेलनको आयोजना गरी गरेका हुन् । सो संगठनका अध्यक्ष लालचन्द्र विकका अनुसार

चार दल रिमोटबाट नचले सहमति हुन्छ : गुरुङ

२९ भदौ,काठमाडौं / नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रपतिको आग्रहमा भएको सर्वदलिय बैठक सकारात्मक भएको बताएका छन् । तर मंसिर महिनाभरि ब्यवहारिक र प्राविधिक दुवै हिसावले संविधानसभाको चुनाव असम्भव भएको जानकारी दिए ।
संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा  नेता गुरुङले भने, ‘यो बेला पनि सहमति भएन भने चार

गायक फत्तेमान राजभण्डारीको अन्त्येष्टि

काठमाडौँ, २५ भदौ । वरिष्ठ गायक फत्तेमान राजभण्डारीको अन्त्यष्टि गरिएको छ । आफन्त, संगीतकर्मी, कलाकार र साहित्य अनुरागी सहित सयौ सर्वसाधारणको उपस्थितिमा पशुपति आर्यघाटमा उहााको अन्त्येष्टि गरिएको हो ।

‘कर्मचारीहरूलाई प्रभावित पार्न विभिन्न दुतावासहरू सक्रिय छन्’ (अन्तर्वार्ता)

महादीप पोख्रेल, अध्यक्ष, राष्ट्रिय कर्मचारी संगठन, निजामति केन्द्रीय समिति

- तपाईंहरुको संगठनको अध्यक्ष को हो ?
  महादीप पोखरेल अर्थात म आफैं ।
- अर्को पक्षले त तपाईं होइन भन्छ । तपाईंलाई त कारवाही गरेको वक्तव्य समेत निकालेको छ नि  त ?

 ति वक्तव्यहरू  झुटा हुन् र कानुन सम्मत छैनन् । महाधिवेशनबाट सर्वसम्मत निर्वाचित म र मेरो नेतृत्वको ८३ सदस्यीय टिम नै महाधिवेशनबाट बनेको टिम हो र त्यो नै आधिकारिक हो । अर्को टिमको विषयमा कुरा उठाउनुभयो, अर्को टिमको विषयमा चाहीँ के हो भने महाधिवेशन पछि असन्तुष्ट भएको  ५०÷६० जनाको समूह, विशेष गरी रुक्म लामिछाने र पम्फा भुषाल(नेकपामाओवादी नेतृ)बाट संरक्षितहरू छुट्टै बसेर समूह घोषणा गरेको हो । अब उहाँहरूको संगठन हो भने त नेपालको कानुन अनुसार ५ हजार निजामति कर्मचारीहरूको हस्ताक्षरसहित फेरि आउन सक्ने तागत राख्नुप¥यो । सक्नुहुन्छ भने नयाँ संगठनको रुपमा दर्ता गर्न सकिन्छ होइन भने त