सर्त अगाडी सारे बार्तामा बस्दैनौं : वैद्य

असार ३०, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी बार्ताको लागि तयार रहेपनि संयन्त्र र सरकारले कुनै सर्त अगाडि सारे आफू बार्तामा नबस्ने बताउनुभयो । आइतबार राजधानीको संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढा

नेपाली जनप्रगतिशील मंच कुबेतको भेला सम्पन्न

असार २९ (जुलाई १३, २०१३) 
नेपाली जनप्रगतिशील मंच कुबेतको नियमित मासिक भेला हिजो कुबेतको मालिया स्थित चौतारी रेष्टुरेण्टमा मंचका अध्यक्ष ठाकुर प्रसाद पौडेलको अध्यक्ष्यतामा सम्पन्न भयो । मंचका महासचिब देब भुजेलले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष श्री सुजन के सी तथा पत्रकार ध्दय आनन्द आचार्य र अर्जुन बस्नेतहरुको समेत सहभागीता रहेको थियो ।

पार्टीको योजनामा चिन भ्रमण : सिपि गजुरेल

असार २८, काठमाडौं । नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले हालै भएको उच्चस्तरिय चिन भ्रमण आफ्नो पार्टीको योजनामा भएको बताउनुभयो । काठमाडौंमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले सो कुरा बताउनुभएको हो । ‘हामीले पार्टी पुर्नगठन

पूर्व अध्यक्ष न्यौपाने गम्भीर बिरामी


असार २६, काठमाडौं । नेकपा–माओवादीका युवा नेता अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने गम्भीर बिरामी परेपछि अस्पताल भर्ना हुनु भएको छ । उहाँलाई हृदयघात

कोटेश्वरमा अवैध सुन पक्राउ

असार २६, काठमाडौ   ।  प्रहरीले काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको छ । सुराकीका आधारमा बा.३.ख २५७० नम्बरको कन्टेनरबाट आज विहान ३५ किलो अवैध सुनसहित एक जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

मोहन वैद्य चीन प्रस्थान

असार २५,काठमाडौ । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य चीन प्रस्थान गर्नु भएको छ । घोषित निर्वाचनको मिति रोक्दै वर्तमान सरकार विघटन गरि राष्टिय सहमतिको सरकार वनाउन आफुहरु सकरात्मक रहेको सन्देश पत्रकार सम्मेलन मार्फत दिएको केहि घण्टामै अध्यक्ष वैद्य चीन जानु भएको हो ।
पार्टीका तर्फबाट गठित उच्च स्तरिय वार्ता

खुर्सीदको भ्रमणको निराशाजनक

काठमाडौ, २५ असार । भारतीय विदेशमन्त्री सल्मान खुसिर्दले नेपालको आन्तरिक मामिलामा भारतले कुनै हस्तक्षेप नगर्र्ने वताउनु भएको छ । विशेष विमानबाट विहान काठमाण्डौं आइपुग्नु भएका खुर्सिदले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण पछि नेपालमा हुने संविधानसभा निर्वाचनको सहयोगका लागि आफ्नो नेपाल भ्रमण केन्द्रीत रहेको बताउनु भयो । विहान ९ वजे पछि परराष्ट

किरणको नेतृत्वमा उच्चस्तरीय वार्ता टोली

असार २४, काठमाडौं । पोखरामा सम्पन्न केसको पूर्ण बैंठकपछि बसेको  नेकपा–माओवादीको पोलिट्व्यूरो बैठकले वार्ता र आन्दोलनलाई सँगै लैजाने निर्णय गर्दै अध्यक्ष मोहन वैद्य ‘किरण’ को नेतृत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल,

शक्तिशाली जनसंघर्षको पक्षमा छौँ

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा–माओवादी 

पार्टीको पूर्ण बैठक कस्तो रह्यो ?
भर्खर पोखरामा सम्पन्न हाम्रो पार्टीको पूर्ण बैठक भव्य र अभूतपूर्व भयो । सम्पूर्ण केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारहरूको उपस्थिति भएको बैठकमा व्यापक बहस गरी निष्कर्षमा पुगेको हुँदा हामीले यसलाई ऐतिहासिक बैठक भनेका छौँ । यो बैठकमा पार्टी पुनर्गठन भएको एक वर्षको समीक्षा पनि गरेका छौँ । एक वर्षको बीचमा थुप्रै उतार–चढावबाट पार्टी अगाडि बढ्नुपर्दाको क्षणमा पनि ऐतिहासिक र महत्वपूर्ण रह्यो । यसबीचमा पार्टी देश भित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रचण्ड–बाबुरामको विघटन र बिसर्जन भएपछि नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी पार्टीको रूपमा उभिएको छ ।

एसएलसि उतिर्ण दलित विद्यार्थी सम्मानित

असार २२, काठमाडौं । शैक्षिक सत्र २०६९ को एसएलसि परिक्षामा विशिष्ठ श्रेणीमा उतिर्ण दलित विद्यार्थीहरुलाई एक कार्यक्रमबीच सम्मान तथा अभिनन्दन गरिएको छ । शनिबार संवाद डबलीमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले ‘एसएलसि उतिर्ण दलित विद्यार्थी सम्मान तथा अभिमुखिकरण’ कार्यक्रमको अयोजना गरि विशिष्ठ श्रेणीमा उतिर्ण सुमित शिवाकोटी, सुमन विश्वकर्मा, सन्ध्या रसाइली,

ईजिप्टमा सैनिक ‘कू’ राष्ट्रपति सेनाको हिरासतमा

असार,२०  । ईजिप्टमा निर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्त गरि सैनिक ‘कू’  भएको छ ।
 सेना प्रमुख जनरल आब्देल फत्ताह अल सीसीले राष्ट्रपति मुर्सीलाई   गिरफ्तार गरि सैनिक कू गरीएको छ ।    उनले संविधान खारेज गर्दै

निषेध गर्नु द्वन्द्व निम्ताउनु हो

असार १८, काठमाडौं । विभिन्न राजनीतिक पार्टीका नेता र सरोकारवालाहरुले संविधानसभामा कुनै पनि राजनीतिक पार्टीलाई निषेध गरिए फेरी मुलुक द्वन्द्वमा फस्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिस्ट युवा संघले राजधानीको संवाद डबलीमा गरेको ‘घोषित निर्वाचन सन्दर्भ र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो विचार व्यक्त गरेका हुन । कार्यक्रमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहदुर केसीले