प्रचण्ड भारी मतले पराजित

काडमाडौं, ६ मंसिर । 
काठमाडौं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजन केसी ७ हजार बढी मतले विजयी भएका छन् । केसीले २०३९२ मत ल्याएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यहाँबाट प्रतिस्पर्धी रहेकाले क्षेत्र चर्चामा थियो तर उनी भारी मतले पारजित भएका छन् । उनले

कुन जिल्लामा कुन शिर्ष दलको अग्रता ?

कांग्रेसले ४३ स्थानमा अग्रता लिएको छ । कञ्चनपुर ३ र ४, काठमाडौं १, ४, ६, ८ र १० , झापा २, ३ ४ र ५, मोरङ १ र ७ तनहुँ १ र २, कास्की २, र ४, धनुषा २ र ४, ललितपुर १, २ र ३, दाङ १, ३, ४ र ५, सिन्धुली २, बारा ३, ५ र ६, कैलाली ६, पर्वत १, पल्पा २, सुनसरी १ र ४, धनुषा २, रूपन्देही ३, चितवन १, २ र ४, रौतहट ६, लमजुङ १, कपिलबस्तु ३, बर्दिया ४, सिन्धुपाल्चोक १

एमालेले ३० स्थानमा अग्रता लिएको छ । उसले अग्रता लिएको क्षेत्रहरु काठमाडौं २, ३,५, ७ र ९, कास्की १ र ३, मोरङ ८, झापा १, ६ र ७, भक्तपुर २, प्युठान २, सुनसरी ६, धनुषा ७, बारा ४ र ५, धादिङ २, बाँके १, तनहुँ ३, पाल्पा १, कञ्चनपुर २, बर्दिया १, चितवन ३, रूपन्देही २ र ४, रसुवा, सप्तरी ५, रसुवा, सप्तरी ५
एमाओवादीले अग्रता लिएका क्षेत्रहरु
दाङ २ र सुनसरी ३, गोरखा २ र ३, मोरङ ४, धनुषा १, कञ्चनपुर १, पाल्पा ३, रौतहट ३, पर्सा ५


फोरम लोकतान्त्रिकले अग्रता लिएको स्थान
रौतहट १ र २, मोरङ ४, कैलाली १


फोरम नेपाल-सुनसरी ५, पर्सा २, तमलोपा- कपिलबस्तु ५, राप्रपा- चितवन ५, राष्ट्रिय जनमोर्चा-प्युठान १

संवाद र सहमतिको विकल्प छैन : ३३ दल

काठमाडौं, मंसिर ४ । 
मतदानको औपचारिक समय पाँच बजेको केही समयमा ३३ दलिय मोर्चाले एक विज्ञाप्ती जारी गर्दै निरंकुश शैलीको दमनको बाबजुद् आन्दोलन सफल भएको बताएको छ । मोर्चाको तर्फबाट नेकपा माओवादी सचिव गुरुङले विज्ञाप्ती जारी गर्दै फेरी पनि संवाद र सहमतिको विकल्प नभएको बताएका छन् ।

‘राज्यको सम्पूर्ण शक्तिको दुरुपयोग गरेर निर्वाचन गरिएको भएता पनि त्यसबाट जनताको संविधान नबन्ने मात्र होइन, वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने यथार्थता स्पष्ट छ । राजनीतिक निकासको लागिजुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन, माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ’ फेरि पनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न

मातृकाले मतदान केन्द्रमै मतपत्र च्याते

धनुष, मंसिर ४ । 

मातृकाले मतदान केन्द्रमै मतपत्र च्याते 
धनुष, मंसिर ४ । चुनावको बहिस्कारमा लागेका नेकपा (माओवादी)का संयोजक मातृकाप्रसाद यादवले आफ्नो मतपत्र मतदान केन्द्रमै गएर च्यादिएका छन् । उनले विदेशीको

मतपेटीका तिला नदीमा

नेपालगंज, मंसिर ४ । 
एउटा मात्र निर्वाचन केन्द्र रहेको जुम्ला जिल्लाको झरज्वाला मतदान केन्द्रका मतपेटीका चुनाव वहिस्कार गरेको पक्षले कब्जा गरी तिला नदीमा बगाइदिएको छ । उक्त केन्द्रको चुनाव स्थगित गरिएको छ । त्यसैगरी रामेछापको प्रयागेश्वर उच्च मावि पकरबास मतदान केन्द्रमा झै झगडा भएपछि आधाघण्टा अघिदेखि मतदान स्थगित भएको छ । सामान्य उमेरका मानिसलाई पनि आँखा नदेख्ने भन्दै मतदान गर्ने प्रयत्न भएपछि झैझगडा भएको हो ।

जुम्लामा मतदान केन्द्र कब्जामा

जुम्ला, मंसिर ४ । 
एउटा मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाको डेपाल गाविसको मतदान केन्द्र नेकपा माओवादीका कार्यकर्ताले आफ्नो कब्जामा लिएका छन् । त्यहाँ अहिले मतदान केन्द्रबाट मतदाता घर फर्कर्दैछन् । 

धनकुटामा बम विस्फोट

धनकुटा, मंसिर ४ ।
धनकुटाको बलहारा मतदान केन्द्र नजिकै शक्तिशाली बम विस्फोट भएको छ । मतदाताको भागगभाग भएपनि क्षेतिको विवरण आउन सकेको छैन । 

हुम्लामा पनि भोट हाल्न गएनन् मतदाता

हुम्ला, मंसिर ४ । 
एउटा मात्र निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लाको सुगम गाविस श्रीनगरको जनकल्यण माविको मतदान केन्द्रमा अहिलेसम्म मतदाता पुगेका छैनन् । सुरक्षाकर्मी आसपासका गाउँमा गएर जबरजस्ती बोलाएर भोट हाल्न दबाब दिइरहेका छन् भने कर्मचारीहरु घाम तापेर बसिरहेका छन् । 

जाजरकोटका २ मतदान केन्द्रमा बम विस्फोट

जाजरकोट, मंसिर ४ । 
जाजरकोट जिल्लाको जगतीपुर गाविसको कुदु र शिवशंकर मतदान केन्द्र नजिकै दुई बम विस्फोट भएका छन् । घटनास्थलमा सुरक्षाकर्मी जान नसकेपछि मतदाता आतंकित भएका छन् । 

अछाममा सिलिण्डर बम विस्फोट

विनायक, मंसिर ४ । 
अछाम जिल्लाको क्षेत्र नं. २ पर्ने विनायक गाविस मतदान केन्द्र नजिकै एउटा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । स्थानिबासीको अनुसार विस्फोटको आवाज टाढाटाढासम्म सुनिएको थियो । विस्फोटपछि विनायक, कुइका, तोली, कालिकास्थान, तोली, चाल्सा, लयाटी, पुल्लेतोला लगायतका गाविसका मतदाता आतंकित भएका छन् । 
कोही मतदान केन्द्रबाट भोट नहाली भाग्न थालेका छन् । भने कोही घरबाटै आएका छैनन् । 

भोटेबहालमा बम विस्फोट

काठमाडौं, मंसिर ४ । 
काठमाडौंको भोटेबहालमा बम विस्फोट हुँदा समिर खड्की घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको बताइएको छ । 
सुनीता बलामी, गंगा बलमी पनि घाइते भनिएपनि पुष्टि हुन सकेको छैन । अहिले प्रहरी, सेनाा पुगिसकेको छ । सडकमा छोडेको बम विस्फोट भएको हो । तर अहिले सम्म पुष्टि सविन खड्कीको मात्र पुष्टि भएको छ । 

सुरक्षाकर्मी जबरजस्ती भोट हाल्न लगाउँदै, नहाले जेपनि गर्ने धम्की

बझाङ, मंसिर ४। 
बझाङको बाँझ गाविसको सैन्सुमा सुरक्षाकर्मीले घरघर गाई जनतालाई जबरजस्ती डर देखाउँदै भोट हाल्न भन्दै नहाले जेपनि गर्ने भन्दै धम्की दिइरहेका छन् ।  नेकपा माओवादीक सल्लहाकार धनबहादुर मल्लको प्रभाव रहेको क्षेत्र हो । 

कैलालीका विभिन्न ठाउँमा बम विस्फोट, मतदाता भागाभाग

कैलाली, मंसिर ४ ।  
कैलाली जिल्लाका विभिन्न ठाउँमा बम विस्फोट भएका छन् । मतदाताहरु भागाभाग गर्न थालेका छन् । टिकापुर मात्र ७ बटा बम विस्फोट भएका छन् भने २ वटा सेनाले डिस्पोज गरेको छ । त्यसैगरी रतनपुर गाविसको बसन्ता गाउँमा फाइरिङ भएको छ ।
तयस्तै जोशीपुर गाविसमा ३ बम विस्फोट भएका छन् । कैलालीका विभिन्न ठाउँमा बम विस्फोट हुँदा मतादाताहरुको भागदौड मच्चिएको छ । 

भोट हाल्न आएनन् थवाङबासी

रोल्पा, मंसिर ४ । 
रोल्पाको थवाङमा साढे नौ बजेसम्म मतदान गर्न कुनैपनि मतदाता मतदान केन्द्रमा आएका छैनन् ।
एउटा मतदान केन्द्र रहेको थवाङमा न कुनै राजनीतिक पार्टीका प्रतिनिधि देखा परेका छन् । मतदान केन्द्रमा कर्मचारीहरु घाम तापेर बसिरहेका छन् । 

दैलेखमा मतदान केन्द्र कब्जा

दैलेख, मंसिर ४ । 
दैलेख जिल्लाको क्षेत्र नं. २ को चामुण्डास्थित हाडाकोट मतदान केन्द्र नेकपा माओवादीले कब्जामा लिएको छ । मतदानमा प्रयोग हुने सबै सामाग्रीहरु कब्जा लिएर जलाइएको छ । प्रहरीले हवाई फायर गरेको छ । मतदाता डरले घरघर गएको बताइएको छ । दैलेखका अन्य एक दर्जन भन्दा बढि मतदान केन्द्रहरुमा पनि दुवै पक्षबीच झडब भइरहेको समाचार छ । थप प्रहरी टोली त्यस ठाउँ गएको बताइए पनि पुग्न सकेको छैन । 

चुनाव नेपालको कि भातरको ?

काठमाडौ 
लामो र ठूलो विवादका बीचमा सरकार र चार राजनीतिक पार्टीले जबरजस्ती रुपमा गर्दैछन् । यो संविधानसभा किन र केको लागि भन्ने विषयमा विभिन्न प्रश्न सडकदेखी आगनसम्म र सहरदेखी गाउँसम्म उठिरहेको छ । एउटा राजनीतिक रशक्तिले यो चुनाव विदेशीको इसारामा र उनीहरुकै चाहनामा हुँदैछ निरन्तर भनिरहेका छ । यो चुनावले नेपाललाई सिक्किमिकरण गर्ने उद्देश्लेले गर्न लागिएको भन्ने आरोप जतिजति चुनावको समय नजिक आउँदैछ त्यतित्यति सरकारी अधिकारीका अभिव्यक्ति, हरकत र विदेशीको चाँसोले झन् उक्त आरोप घनिभूत हुँदैछ ।
केही दिन पहिला नेपाली संचार माध्यमले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख आलोक

कैलालीमा आगलागी हुँदा आमा-छोरीको जलेर मृत्यु

कैलाली, ३ मंसिर । 
निर्वाचनको समय जतिजति नजिकिदैछ त्यतित्यति आगजनी, झडब र बम विस्फोटका घटना पनि संख्यामा बढिरहेका छन् । कैलाली टिकापुरस्थित नारायणपुरमा शंकर चौधरीको घरमा परिवारका सदस्यहरु सबै सुतिरहेको बेला राति १२ बजेतिर आगो लागेको हो । 

घरका सबै सदस्य सुतिरहेको बेला घरमा आगो लाग्दा आमा-छोरीको जलेर मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् । आगलागीबाट मृत्यु हुनेमा शंखरकी १९

थबाङबासीले भोट नहाल्ने

रोल्पा, ३ मंसिर । 
जनयुद्धको राजधनीबाट चिनिएको रोल्पा जिल्लाको थवाङमा चुनावमा भोट हाल्न केही घण्टा बाँकी रहँदा पनि न त चुनावी चहलपहल छ न उत्साह नै । थबाङबासीको दिनचर्या पहिलेको जस्तै छ । विहानदेखि साझसम्म आफ्नो घरायसी काममै व्यस्त छन् थबाङबासी ।
नयाँ कुरा त  भएछ भने, आइतबार निर्वाचन गराउन खटिएका कर्मचारी टोलीले निष्पक्ष र धाँधलीरहित चुनावका लागि प्रतिवद्धता माग्न सर्वदलीय र सर्वपक्षीय बैठक बोलायो । बैठकमा निर्वाचनमा सहभागी दलका कुनै पनि उम्मेद्वार र

चुनाव बहिस्कार गर्न नेकपा-माओवादीको अन्तिम आह्वान (विज्ञाप्ती सहित)

मंसिर २, काठमाडौं । नेकपा–माओवादीले मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक सङ्कटको निकासको लागि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प नभएको र आफ्नो पार्टी र मोर्चाले पकट–पटक संवाद र सहमतिको पहल गरेपनि सरकार र चार दलका शिर्ष नेताले वेवास्ता गर्दै जबरजस्ती अगाडी बढेको भन्दै राष्ट्रिय सहमतिको लागि चुनाव सक्रिय बहिस्कार गर्न आम जनसमुदायलाई आह्वान गरेको छ । 
पार्टी अध्यक्ष मोहन वैद्य किरणले आइतबार एक प्रेस विज्ञाप्ती जारी गरी सो आह्वान गर्नुभएको हो । “हाम्रो पार्टीसहितको ३३ दलीय मोर्चाद्वारा पटकपटक संवादको पहल गरियो । सडक आन्दोलनका

संवाद बाटै निकास खोज्न नागरिक अगुवाको आग्रह (विज्ञाप्ती सहित)

मंसिर २, काठमाडौं । चुनावको पक्ष र विपक्षमा मत विभाजन हुँदै गइरहेको छ । नागरिक समाजका अगुवा पनि दुई धु्रबमा विभाजन भएका छन् । कसैले जसरीपनि चुनाव गर्नुपर्छ भन्ने मत राख्दै विभिन्न राजनीतिक दल र नेतालाई भोट माग्दै चुनावी प्रचारमा छन् । अर्कोतिर सरकार र चार दलको जवरजस्तीको शासकीय सोचले देशलाई नयाँ ढंगको द्वान्द्वमा पुर्याएको भन्दै विरोध तथा सबैलाई समेट्न आग्रह गर्दैछन् ।
त्यसैक्रममा नागरिक अगुवाहरुले एक

बर्दयिामा एमाओवादी उम्मेदवारको घरमा बम

बर्दयिा, २ मंसिर । एकीकृत नेकपा माओवादीका बर्दर्यिा क्षेत्र नं. १ का उम्मेदवार भुवना चौधरीको मोतिपुर ७ स्थित घरमा आइतबार विहानै शंकास्पद वस्तु भेटिएको छ । उक्त बस्तु ब

लोकमानको निवासमा बम विष्फोट

काठमाडौं, मंसिर १  निकै विवादका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख बन्न सफल लोकमान सिंह कार्कीको निबासमा बम विस्फोट भएको छ । काठमाडौं बानेश्वर हाइटस्थित कार्कीको निवास अगाडि बम विष्फोट भएको छ । बम राखिएको ठाउँमा पर्चा राखेर उनले विभिन्न समयमा गरेका कतुर्तलाई

भेरी-र्णाली इन्चार्ज पारसमणी गिरफ्तार

सुर्खेत, मंसिर १ – नेकपा–माओवादीका भेरी कर्णाली राज्य समितिका इन्चार्ज मायाप्रसाद शर्मा ‘पारसमणी’लाई प्रहरीले गिरफ्तार गरेको छ ।सुर्खेतको वीरेन्द्रनगर १ ढोडेखालीबाट बांगेसिमल जाँदै गरेका शर्मालाई शनिबार विहान ९ बजेतिर पक्राउ गरेको माओवादीले जनाएको  छ । प्रहरीले शर्मासँगै रहेका अखिल नेपाल यातायात मजदुर संघ सुर्खेतका सदस्य शिव न्यौपानेलाई पनि प्रक्राउ गरेको छ । उपचार गरेर

टेकुको विष्णुमती पुलमुनि शक्तिशाली बम

काठमाडौं, १ मंसिर । चुनावको दिन जति जति नजिकिदै छन् त्यति नै विस्फोट र आजगनीका घटना बढिरहेका छन् । सरकारले दिनदिनै सुरक्षा रणनीति बदिल्दै कडाई गछौं भनेपनि त्यो प्रतिवद्धतामै सिमति छ । आज विहानै काठमाडौंको विष्णुमती पुलमुनि

रामेछापमा स्वस्थ्यकर्मी पक्राउ

कार्तिक २९,रामेछाप । अखिल नेपाल जनस्वथ्यकर्मी महासंघको केन्द्रीय सचिवालय सदस्य तथा तामासालिङ राज्य समिति संयोजक नरबहादुर थापालाई प्रहरीले रामेछापको खिम्ति बाजारबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
संगठनको कामको सिलसिलामा खिम्तिबजार पुगेको थापालाई पक्राउ गरेको भन्दै महासंघका

अदालतको आदेश मानिन्न:माओवादी

काठमाडौं, २९ कात्तिक । सर्बोच्च अदालतले यातायात बन्द फिर्ता लिन सर्बोच्च अदालतले दिएको आदेश नेकपा–माओवादीले नमान्ने भएको छ । पार्टी कार्यलय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन बैद्यले

उम्मेद्वारी फिर्ता लिएर ३३ दलिय मोर्चामा सहभागि

 काठमाडौ, २९ कात्तिक । जनयुनिटी को–अपरेटिभ पार्टीका मोरङ र सुनसरीका प्रत्यक्ष एवं समानुपातिक उमेद्वारहरुले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आन्दोलनलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका छन् ।

चुनावमा सहभागी दलहरुबीच कुन कुन ठाउँमा भए झडब ?

बैतडी, २९ कात्तिक । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचनमा सहभागि दलका कार्यकर्ताहरु बीच नै झडपका घटनाहरुमा बृद्धि हुन थालेको छ । बैतडीको उत्तरपूर्वी क्षेत्र पुरचौडीमा बिहीबार (एमाले)को प्रचारप्रसार टोलीमाथि एकीकृत नेकपा (माओवादी)ले आक्रमण गर्दा छ जना घाइते भएका छन् भने ११ जना सम्पर्कविहीन भएका छन्। 
 क्षेत्र नं १ को चुनावी प्रचारप्रसारका क्रममा मल्लादेही–९ बबिडामा पुगेको एमाले पूर्व अध्यक्ष नरेन्द्र विष्टसहित २१ जनाको टोलीमाथि